सत्ता सहकार्यका लागि एमाले र जसपाले बनाए कार्यदल

काठमाडौं,नयाँ सरकार गठनलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल समिती गठन गरेका छन्।कार्यदलमा एमालेबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन्। यता, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको जनाईएको छ।

यस कार्यदलमा रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए।माओवादीले सरकारबाट समर्थन फिर्ता लिने तयारीमा रहेको बेला संयुक्त कार्यदल गठन भएको हो।

केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा बहुमत पुर्‍याउन जसपाको साथ चाहिने देखिन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ। जसमा एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन्। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन्।