एमाले र माओवादी केन्द्रलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र आउनूः निर्वाचन आयोग

काठमाडौं,निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ।मंगलबार बसेको आयोगको बैठकले यसअघि आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई बदर गरेपछि दुई दललाई पुनः एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्तावसहित १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको हो।

आयोगको मिति २०७५।२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकाे थियाे ।

अव यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, द्दण्ठद्ध बिपरित नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई जानकारी गराउने।निर्वाचन आयोगको निर्णय पत्रमा भनिएको छ।