मध्यपश्चिमाञ्चल गजल मन्चको अध्यक्षमा धिरेन अनुपम

को हुन त धिरेन अनुपम

सुर्खेत,मध्यपश्चिमाञ्चल गजल मञ्चको अध्यक्षमा धिरेन अनुपम चयन भएका छन्। कोरोना भाइरसका कारण संस्थाको साधारण सभा नै स्थगित भएको थियो। संस्थाको उपाध्यक्षमा नवराज कुन्दन र सन्देश कठायत, कोषाध्यक्षमा घनश्याम राना ऋतु चयन भएका छन्।भने महासचिवमा पहल असिम थापा र सचिवमा कृष्ण विरही चयन भएका छन्।यसैगरि सदस्यहरुमा खगेन्द्र अटल, महेश भट्टराई, लिला पोखरेल, भरत धमला, रक्षा खड्का, पत्रिका थापा, सावित्री स्वप्निल र दीपक दुर्लभ चयन भएका छन्।

नव निर्वाचित कार्यसमितिले डा महेन्द्रकुमार मल्ल, महेन्द्र चन्द महासागर, ऋषि शर्मा सुदामा र खगेन्द्र अधिकारी अमृतलाई सल्लाहकारको रुपमा चयन गरेका छन ।

को हुन त धिरेन अनुपम ?

२०३७ साल वैशाख ७ गतेका दिन आमा मैसरादेवि थापा र वुवा डवलसिंह थापाको कान्छो सुपुत्रको रुपमा चौकुने गाउँपालिका गुटुमा जन्मिएका धिरेन अनुपम पच्शिमी गजल मञ्चको संस्थापक सदस्य ,पञ्चपुरी साहित्य समाजको सल्लाहकार,प्रगतिशिल लेखकसंघ सुर्खेतको सचिवमा रहेका थिए।

अनुपम प्रगतिशिल लेखकसंघ कर्णाली प्रदेशका सह-सचिवमा समेत कार्यरत छन्।उनि गजल रस बझाङ्ग लगायतका संघ संस्थाबाट सम्मानित समेत भइसकेका छन्।अनुपम हाल कुसे न्युज डटकमका साहित्य सम्पादकमा कार्यरत छन्।