जेठ १३ गतेबाट एसईई परीक्षा हुँदै

काठमाडौँ,२०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा आगामी जेठ १३ गतेदेखि हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको थियो।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ। एसईई परीक्षा प्रदेशस्तरीय हुने भनिएपनि आवश्यक कानून निर्माण हुन नसक्दा वोर्डले नै संचालन गर्ने निर्णय भएको उनको भनाई रहेको छ।

एसईईको तयारीमा जुटेका विद्यार्थीले तोकिए अनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ। पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरि विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने यसअघि नै बताइएको छ।