एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ, नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बिहान डाकिएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्र व्युँताइँदिएपछि पहिलो पटक नेकपाको बैठक बस्न लागेको थियो । आज स्थगित गरिएको बैठक कहिले भन्ने बारे तय गरिएको छैन ।