संसद् बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं,  कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

कांग्रेस सांसदहरुले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै नाराबाजी गरिरहेका बेला सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।