प्रचण्ड–नेपाल पक्षले गर्‍यो संसद बैठक बहिष्कार

काठमाडौं, सरकारले ल्याएका अध्यादेश पेस गरेकोप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले आज (आइतबार) को संसद वैठक बहिष्कार गरेको छ ।

बैठक शुरु हुना साथ सांसद भीम रावलले त्यसप्रति आपत्ति जनाएका थिए । तर सभामुखले जरुरी भएको भन्दै अध्यादेश पारित गर्ने प्रस्ताव पेस गरेपछि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेको हो ।

‘कानुन, संविधान र सर्वोच्च अदालतको फैसलाको दृष्टिकोणबाट यो अहिलेको सरकारको वैधतामा प्रश्न उठेको हुँदा यो सरकारले गरेका निर्णय यहाँ पेस गर्न मिल्दैन,’ रावलले भने, सबैभन्दा पहिले सरकार र प्रधानमन्त्रीको स्थिति प्रष्ट पारेपछि मात्र सो दलले ल्याएका अध्यादेश कानूनहरु पेस गर्नुपर्छ ।’

रावलले प्रधानमन्त्री आफैले हत्या गरेको यो प्रतिनिधि सभामा उनै प्रधानमन्त्रीले यी कुराहरु प्रस्तुत गर्न मिल्छ र भनी प्रश्न गरेका थिए । सभामुखले प्रस्तुत गरेमा सो प्रक्रिया बहिस्कार गर्ने भनी रावलले भने पनि सभामुख अग्निप्रसाद सापकोटाले ती अध्यादेश प्रस्तुत गरेपछि प्रचण्ड–नेपाल पक्षका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।