कांग्रेसले पनि नाराबाजी गर्दै ‘अध्यादेश फिर्ता गर’

काठमाडौं , संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस गरेको भन्दै कांग्रेसले बेल घेराउ गरेको छ ।

उक्त अध्यादेश तत्काल फिर्ता हुनुपर्ने माग गर्दै कांग्रेसले बेल घेराउमा उत्रिएको हो । यसअघि सरकारलाई नै उक्त अध्यादेश फिर्ता लिन भनेको थियो ।अहिले संसद्मा कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका छन् ।