२ नं प्रदेशका प्रदेश प्रमुख कर्णाली पुगेपछी

सुर्खेत,प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराज कर्णाली प्रदेश आइपुगेका छन्। शनिवार राजनैतिक भेटघाटको लागि प्रदेश प्रमुख डा अहिराज कर्णाली प्रदेशको राजधानी वीरन्द्रनगर आईपुगेका हुन्।कर्णाली पुगे लगतै डा अहिराज सुर्खेतमा रहेको प्रमुख पर्यटकिय स्थल कांक्रेविहार पुगेका थिए।काक्रेविहार पुगेका डा अहिराजले काके्रविहार पुगेर आफुले जिन्दगीको एउटा अध्याय पुरा गरेको वताए।कर्णाली आफैमा सुन्दर भुमि हो यसको संरक्षण र प्रवर्द्धनमा कर्णाली सरकारले विषेश ध्यान दिनुपर्ने वताएका छन।निर्माण भईरहेको काके्रविहारले कर्णालीको ठुलो इतिहास वोकेको भन्दै यसलाई सुन्दर वनाउने जिम्मा सरकार अनि कर्णालीवासीको रहेको सुझाव समेत दिए।सरकारको भर परेर मात्र सवैथोक सम्भव नहुने र यहाँको जनस्तरवाट पनि उतिकै सहयोगी कदम चाल्नुपर्ने वताए।

प्रदेश नं २ का प्रदेश प्रमुख सहितको टोली शनिवार मात्र राजधानी वीरेन्द्रनगर आईपुगेको थियो।शनिवार नै कर्णाली प्रदेश सरकारका प्रधिनिधी संग भेटघाट समेत रहेको भ्रमण टोलीका एक सदस्यले जानकारी समेत दिएका छन्।