विप्लवलाई पार्टिमा स्वागत गर्न आतुर छुः प्रचण्ड

काठमाडौँ,नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्न आतुर रहेको वताएका छन्।शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाई दिएका हुन्।

क्रान्तिको एउटा प्रक्रियामा दुई वटा प्रचण्ड हुँदैनन् भनेर यसअघि नै भनेको पनि उनले स्मरण गरेका छन्।‘विप्लव अन्ततः मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ। म धन्यवाद दिन चाहन्छु। छिट्टै अर्को यस्तै कार्यक्रममा स्वागत गर्ने प्रतिक्षा रहेको घोषणा गर्दछु।’ उनले भने।‘मैले पहिले पनि भनेको थिएँ क्रान्तिको एउटा प्रक्रियामा दुई वटा प्रचण्ड हुँदैनन् भनेर, उहाँ पनि यही टिममा आउनैपर्छ।’

यस्तै, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका छन्। ‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली।गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ’ उनले भने।