सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे विप्लव

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव नख्खु कारागार पुगेको छन् ।पार्टीका सचिबालय सदस्य तथा तत्काल मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश वलि ‘शुदर्शन’ संग भेट गर्न विप्लव शनिवार नख्खु कारागार पुगेका हुन् ।

करिब २ बर्ष देखि कारागारमा रहेका नेता शुदर्शनलाई भेटन विप्लव सहित सचिवालय सदस्य तथा प्रवक्ता खडक बहादुर बिश्वकर्मा प्रकाण्ड, केन्द्रीय सदस्य उदय बहादुर चलाउने दिपक, केन्द्रीय सदस्य असल लगायतका नेताहरु नख्खु पुगेका हुन ।