३७ वर्षअघि नेपालबाट चोरिएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौँ,३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायण ९वसुदेव–कमलाजा०को मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ।

सन् १९८४ मा नेपालबाट चोरिएको उक्त मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन ९एफबीआई०का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा।युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन्।

पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको उक्त मूर्तिलाई १९९० देखि अमेरिकाको ड्यालस म्युजियम अफ आर्ट्स मा राखिएको थियो।नेपालको मध्यकालीन समयमा बनेको भनिएको मूर्ति ३३।५ इन्च उचाई र १९।२५ इन्च चौडाइको छ।

१२औं शताब्दीमा बनाइएको यो एउटै मूर्तिमा देब्रेतर्फ विष्णु र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । दूतावासले युनेस्कोको आवश्यक प्रक्रिया पुरा गरेर नेपाल ल्याइने जनाएको छ ।