जिवनलाई बलिदान गछौँ, तर शहीदको सपना मर्न दिने छैनौँः विप्लव

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले आफूहरु जीवनलाई बलिदना दिन तयार रहेको तर शहीदको सपना मर्न नदिने बताएका छन।सरकारसँग सहमतिको हस्ताक्षर गर्न राष्ट्रियसभामा उपस्थित भएको एक कार्यक्रममा महासचिव विप्लवले सभालाई सम्बोधन गर्दै शहीदको सपना कुनैपनि हालतमा मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन।महासचिव विप्लवले भने, ‘शहीदहलाई यो बिश्वास दिलालउँकी हामी जे सपना देखेर आन्दोलनमा लाग्यौँ, हामी जीवनलाई बलिदान गछौँ, तर शहीदको सपना मर्न दिँदैनौँ हाम्रो त्यो प्रतिबद्धता छ।उहाँले आन्दोलनका बेपत्ता, घाइते र अपाङ्ग योद्धाहरुलाई सम्झनु पर्ने सम्मान गर्नु पर्ने र उनीहरुको चाहानाहरुलाई पूरा गर्नु पर्ने बताए।साथै उनले अहिले पनि आफ्ना डेढसय कार्यकर्ता तथा नेताअरु जेलमा रहेको र उनीहरु छिटै छुट्ने, केही छुटेको भन्दै खुसी ब्यक्त गरेका छन।

त्यस्तै उनले मृत्युको नजिक नर्फर्कीएको, र सबैभन्दा कठिन परिस्थिती नझेलेको नेकपाको कुनै नेता नभएको बताए।धेरैको सपना पूरा भएको तर शहीदको चाहना कहिल्यै पूरा नभएको भन्दै अब शहीदको सपना पूरा गर्न आफूहरु कहिल्यै बिचल्लीत नहुने बताएका छन।