ओली समूहको संसदीय दलको बैठकमा वामदेव नजाने

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन्।

ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ गौतमकै निवास भैँसीपाटीमा पुगेर संसदीय दलको बैठकमा आउन निम्तो दिएका थिए।

तर, पार्टी एकता अभियान चलाइरहेका गौतम कसैको गुटगत बैठकमा नजाने निकट स्रोतले बताएको छ।बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ।यस्तै, शुक्रबार विभाजित नेकपाकै प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बसेको थियो।

बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो ।