ओली समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौँ,नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ।सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना पछिको पहिलो बैठकको तयारीको लागि संसदीय दलको बैठक आह्वान गरेका हुन्।

बैठकले प्रतिनिधि सभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने स्रोतले बताएको छ। बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्न लागेको छ।यस्तै, शुक्रबार विभाजित नेकपाकै प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बसेको थियो।

बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो ।