मुगुमा प्रचण्ड-नेपाल पक्षको राष्ट्रीय युवा संघको कार्यक्रम सम्पन्न

नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार नै नेकपामा प्रबेश

मुगु,मुगुमा प्रचण्ड नेपाल-पक्षको नेपाल राष्ट्रीय युवा संघ नेपालको युवा भेला कार्यक्रम सम्पन्न भएको छ।सुक्रवार सोरु गाउँपालिका राष्ट्रीय युवा संघ नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

राष्ट्रीय युवा संघ नेपाल मुगुका सह-संयोजक धनराज बुमीका अनुसार दर्जन बढि नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरेर नेकपामा प्रबेश गरेको वताएका छन्।प्रबेश गर्नेमा नेपाली कांग्रेस मुगु जिल्ला सोरु गाउँपालिका वडा नं ३ का पूर्व पार्टि सभापति तथा स्थानिय चुनावमा अध्यक्ष पदका उम्मेदवार जय सेजुवाल,काग्रेस कृयासिल सदस्य पुर्णलाल कुमाल,दले कुमाल,तरुण दल सदस्य हरि बहादुर कुमाल,जस्या भियाल लगायतका कार्यकर्ता रहेको वताएका छन्।

नेपालि काग्रेस पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पाटीमा प्रवेश गर्ने सबैलाई फुलमाला सहित स्वागत गरेका थिए।राष्टिय युवा संघ नेपालको सो भेलामा संयोजक भिम चन्द्र बुढा सह संयोजक धनराज बुमी लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।