ओलीले अविश्वास प्रस्तावको बाटोमा जान बाध्य वनाएः प्रचण्ड ​

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापनापछि पनि राजीनामा नदिएर अविश्वासको प्रस्तावमा जान बाध्य बनाएको बताएका छन्।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको थियो। तर, उहाँले अहिलेसम्म दिनुभएको छैन। अब दिनुभएन भने त हामी संविधान, संसद, कानुन नियमअनुसार जानुपर्ने हुन्छ।’

उनले ओलीले राजीनामा नदिएको खण्डमा कानुनबमोजिम अविश्वासको प्रस्तावको बाटोमा जानुको विकल्प नभएको बताए। ‘उहाँले राजीनामा नदिएर त्यही बाध्य पार्नुभएको छ। त्यही बाटोमा जान्छौँ’, उनले भने।