नेकपा संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं,नेकपा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ।

शुक्रबार पार्टीका नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो।प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको हैसियतमा बैठकमा सहभागी हुने भएका छन्।

संसदीय दलको बैठकमा ११४ जना सांसदले हस्ताक्षर गरेको एक नेताले जानकारी दिएका छन्।नेकपाको प्रतिनिधिसभामा १७२ र राष्ट्रियसभामा ४९ जना सांसद छन् ।