धर्तीमा गाडिन्छौँ तर कसैसंग झुक्दैनौँः विप्लव

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कुनै प्रकारको हस्तक्षेप सह्य नहुने जनाएका छन्।

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले भने, हामीलाई विदेशीलगायत कुनै हस्तक्षेप मान्य हुनेछैन । हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुक्दैनौँ।

उनले जतिबेला अन्याय हुन्छ त्यसबेला कम्युनिष्टहरूले विद्रोह गर्ने भन्दै हाम्रा मान्यता र आकांक्षामा धावा बोले विद्रोह हुने गरेको बताएका छन्।हिजो पनि संविधान लेखन र संसदीय व्यवस्था पूँजीवादी व्यवस्थामा सहमत नभएको भन्दै उनले विद्रोह गरेको सम्झिए।