ओलीलाई भेट्नुअघि छलफलमा विप्लव

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।

विप्लव नवलपरासी हुँदै काठमाडौं आएपछि पार्टीका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग उनले छलफल गरेका हुन्।उनीहरुबीच अहिले छलफल चलिरहेको विप्लव निकट एक नेताले जानकारी दिए।

विप्लवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी राष्ट्रियसभा गृहमा औपचारिक रुपमा सार्वजनिक हुनेछन्।