लाजिम्पाट पुगे नेत्रविक्रम चन्द बिप्लव

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ प्रवेश गरेका छन्।आज हुने संयुक्त सभालाई सम्बोधन गर्न उनी नवलपरासीबाट काठमाडौँ आइपुगेका हुन्।उनी भर्खरै कलंकीबाट बालाजू हुँदै सामाखुशीतर्फ लागेका छन्।

पार्टीको तर्फबाट वार्ता टोलीका संयोजक रहेका र आज दुई बजेको कार्यक्रमवारे बिहान बालुवाटारमा प्रधानमन्त्रीसङ्ग भेटेर छलफल गरेका खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेताहरुलाई भेट्न विप्लव लाजिम्पाट गएको जनाइएको छ। त्यहाँको यौटा फ्ल्याट बिप्लव समूहले भाडामा लिएको छ।त्यहाँ केहि समय आन्तरिक छलफल गरेर सिधै कार्यक्रमस्थल सभागृह जाने या प्रधानमन्त्री निवास बालुवाटार जाने निश्चित नभएको सो पार्टीको उच्च तहका एक नेताले जानकारी दिएका छन्।

सरकार र बिद्रोही नेकपाबीच हिजो तीन बूँदे सहमति भएसंगै सो पार्टीमाथिको प्रतिवन्ध फुकुवा भएको छ। प्रतिवन्ध फुकुवा भएपछि विप्लवलगायतका नेताहरु सार्वजनिक भैरहेका छन्। हिजोको सहमतिअनुसार शुक्रवार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्नेछन्।