साहित्यमा महिला,पुरुष भन्ने लिङ्गभेद हुँदैन

छिल्लो चरणमा युवा पंक्तिमा साहित्य क्षेत्रले निक्कै ठाउँ ओगटेको छ।युवाहरुले अत्याधिक रुचाइएको सर्वाधिक लोकप्रिय साहित्य बिधा सबैको रोजाईमा पर्न सफल भएको छ।यस्तै नेपाली साहित्य तथा कर्णालीको साहित्य क्षेत्रको अबस्थाको बारेमा नेपाली साहित्यको लागि अमुल्य योगदान निभाई रहनु भएकी सुर्खेतकी साहित्यकार कोकिला सिंहसंग कुसे न्यूजका साहित्य सम्पादक धिरेन अनुपमले गरेको साहित्यिक भलाकुसारी।कुसे न्युजमा यहाँलाइ स्वागत छ।

धन्यवाद तपाइलाइ पनि।

कसरी दिनहरु ब्यतित गर्दै हुनुहुन्छ ?

दैनिक घर व्यवहार,साङ्गठनिक कामहरु गर्दै,देश,काल परिस्थितिहरु सँगै सघर्ष गर्दै दिनहरु ब्यतित गरिरहेको छु।

आफ्नो बाल्यकाललाइ कसरी सम्झनुहुन्छ ?

बाल्यकाल सबैको रमाइलो नै हुन्छ। मेरो बाल्यकाल पनि बुवामुमाको काखमा लाड्प्यारमै बित्यो।साथिसङ्गिहरुसङग घर, आँगन,खोला बनपाखा,पखेरा बिधालय,मेलापर्ब आदिमा रमाउँदै गट्टा र कपर्दी खेल्दै रमाइलो सङ्ग नै बित्यो।साँच्चिकै बाल्यकाल सम्झिदा त के माग्छेस भनी कसैले सोधे म बालापन भन्ने प्रश्नका प्रतिउत्तरहरु दिन मन लाग्दछ।

साहित्य लेखन आरम्भ कसरी गर्नु भयो ?

साहित्य लेखनको आरम्भका प्रथम गुरु मेरा बुवामुमा र बिद्यालयका शिक्षक शिक्षिका नै हुनुहुन्छ।उहाँहरुका कथा कबिता भनेको सुन्ने अनि लेख्ने,पढ्ने प्रयास गर्ने र साहित्य लेखन र बाचनप्रती अत्यधिक उत्प्रेरणा र रुचि भएकै कारण साहित्य लेखन आरम्भ गरेको हुँ।

जीवन के हो जस्तो लाग्छ ?

जीवन एक सघर्षसिल यात्रा हो।यात्राका क्रममा जसरी उकाली, ओराली, घुम्ती ,मोडहरु सुख,दुखहरु ,आरोह,अबरोह आउने गर्दछन।जिवनमा पनि सुख,दुख,हाँसो,आँसु,मिलन,बिछोड भइ नै रहन्छ।अझै भन्नू पर्दा जीवन एक रङ्गमन्च नै होूजुन रङमन्चमा पात्रहरु सुख,दुख, आँसु,रोदन, मिलन,बिछोडका रोलहरु खेलिरहेका हुन्छन जुन कतै नसकिएरै त कतै सकिएपछी एक अध्याय जीवन लिला समाप्त हुन्छ।

जीवन र प्रेमलाइ कसरी बुझ्नुहुन्छ ?

जीवन र प्रेम दुई अभिन्न कुराहरु हुन।मानबिय जिवनमा प्रेम अपरिहार्य छ।समाजमा प्रेमलाइ गलत अर्थले परिभाषित गरिन्छ।बुवाआमाले आफ्ना छोराछोरीलाइ गर्ने प्रेम,छोराछोरीले आफ्ना बुवाआमालाइ गर्ने प्रेम,दिदीबहिनिले आफ्ना दाजुभाइलाइ गरिने प्रेम,लोग्नेस्वास्नीले एकाअर्कालाई गर्ने प्रेम,प्रेमिप्रेमिकाले एकाअर्कालाई गर्ने प्रेम यी सब प्रेम हुन।जहाँसम्म प्रेमी-प्रेमिकाले गर्ने प्रेमको सवाल छ त्यो भावनामा बग्ने क्षणिक स्वार्थ पुर्तीका निम्ति गरिने प्रेम मांशल नभई त्याग र समर्पणमा आधारित हुनुपर्दछ।प्रेम एकअर्कामा समझदारी सम्मान र बिस्वासमा आधारित हुनुपर्दछ भन्ने लाग्दछ।

तपाइले कुन-कुन बिधामा साहित्यिक कृति रचना गर्नुभएकोछ ?

मैले कथा,कबिता, निबन्ध, मुक्तक, गजल जस्ता बिधामा कलम चलाए पनि कृति प्रकाशनको सन्दर्भमा भन्नू पर्दा बि सं २०६७ सालमा सपनाको फुलनामक गजल संग्रह प्रकाशित गरेको छु।र अरु थुप्रै पत्रपत्रीकामाहरुमा लेख,रचनाहरु पढ्न पाइन्छन।

कुनै समय तपाईं अध्यापन पेशामा पनि संलग्न हुनुभयो ?

समाजसेवामा पनि क्रियाशिल हुनुहुन्छ तपाइलाइ सबभन्दा कर्म निभाउन अप्ठ्यारो क्षेत्र कुन हो जस्तो लाग्दछरु मैले नेपाली शिक्षा बिषयमा स्नातकोत्तर गरेको छु।त्यसैले मेरो अध्ययनको प्रकृति पठन,पाठन सङ्ग सम्बन्धित छ।मैले बि सं २०६२ देखि २०७६ साल सम्म करिब १४ बर्ष शिक्षण पेशामा रहेर कलिला बिध्यार्थिहरुमा ज्ञानको ज्योति छरेर सुयोग्य नागरिक बनाउने अभियानमा न्युनतम पारिश्रमिकमा धेरै समयको बलिदानी दिएको छु।

शिक्षण सङ्गसङ्गै चलेको मेरो समाजसेवा हिजो फलामका चिउरा चपाउनु सरह थियो । तापनी अझै रफतार चलिरहेको छ ,चलिरहनेछ।साहित्य यात्रामा पनि अध्ययन र लेखनका लागि तल्लिन मांसपेशीहरु कहिले बिसाउन मान्दैनन।तपाइले भने जस्तै कर्म निभाउन कठिन क्षेत्र कुनै भए जस्तो लाग्दैन।शिक्षणका निम्ति अध्ययन शिल लगनशिल,निरन्तरता ,धैर्यता ,बिनयशिलता र अनुशासित हुनुपर्छ।

यी कुराहरु समाजसेवा र साहित्यका लागि उत्तिकै आवश्यक हुन्छ्न।तसर्थ दृढइच्छाशक्ति र सोही अनुसारको कार्य गर्दै गए यी सब क्षेत्रमा अघि बढ्न सकिन्छ।जस्ले गर्दा कुनै पनि काम वा क्षेत्रलाइ कठिन महसुस गरिरहनु पर्दैन भन्ने लाग्दछ।

महिला हुन या पुरुष कनिकुथी साहित्य सिर्जना गर्ने र हल्लाबोल गरेर साहित्यकार बन्ने लहड छ यस्ले नेपाली साहित्यको भबिस्य कस्तो देखाउँछ ?

तपाइले गरेको यो प्रश्नको उत्तरमाथि नै दिसकेकोछु।साहित्यमा महिला या पुरुष भन्ने लिङ्गभेद हुँदैन र हुनुहुँदैन पनि।प्रकृतिको मानबिकरण र मानबको प्रकृतिकरण नै बास्तवमा साहित्य हो।लहड्का भरमा र साहित्यकारहरुको भिडमा देखिनको लागि लेखिएको साहित्य बास्तवमा साहित्य हुनैसक्दैन।साहित्यमा समाजको बस्तुयथार्थता झल्कनुपर्दछ।

साहित्य कस्तो हुनुपर्दछ ?

साहित्य समयसापेक्ष र बस्तुयथार्थतामा आधारित हुनुपर्दछ।

कर्णाली प्रदेशको साहित्यलाई कसरी बुझ्नुहुन्छ ?

कर्णाली प्रदेश अहिले सम्म गजलको राजधानिका रुपमा चिनिन्छ।गजल सँगसँङ्गै यहाँ गद्य र पद्यमा कबिता लेख्ने कबिहरुको उपस्थिती पनि राम्रै देखिन्छ।समग्रमा हेर्दा कर्णाली प्रदेशको साहित्य ठिकै गतिमा अघि बढेको मेरो ठम्याइ छ।

तपाईं कुन साहित्यिक संस्थामा आबद्ध हुनुहुन्छरुर साहित्यिक कार्यक्रमहरु के कसरी गरिरहनु भएको छ ?

म सर्बप्रथम सिम्ताली सुसेली बिबिध प्रत्रीकाको सदस्य त्यसपछी सिम्ताली एकता समाज नेपालको सदस्य,प्रगतिशिल लेखक संघ हुँदै भेरी साहित्य समाजको केन्द्रिय समिती सदस्य भइ संस्थाप्रती क्रियाशिल भएको छु।म आबद्ध संस्थामा साहित्यिक गोष्ठि, कृति प्रकाशन,श्रट्ठा सम्मान जस्ता कार्यक्रमहरु हुँदै आएका छन।