नेकपा पार्टि एकतालाई जोगाउनुपर्छः योगेश भट्टराई

फुङ्लिङ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् ।

प्रेस सङ्गठन ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताएका छन्। उनले भने,“एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्,सबैसँग कुरा भइरहेको छ।”

एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए। नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो। प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई तृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए।

नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट रु एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए।