रिहा भए नेता धर्मेन्द्र बाँस्तोला

काठमाडौं,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार बिहान रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले वताएको छ।

उनी आगजनी तथा संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका थिए।सरकार र विप्लव समूहबीच तीन बुदेँ सहमति भएपछि उनलाई सोही बमोजिम छाडिएको एक प्रहरी अधिकृतले जानकारी दिएका छन्।बाँस्तोलालाई अब सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने गरि उनकै श्रीमतीको जिम्मामा छाडिएको हो ।

बिहिबार सरकार र विप्लव समूहबीच प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको थियो।सहमतिपछि शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विप्लव र प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने तयारी रहेको छ।