किन ओझेलमा कुशेको मालुमेला

कविताकुशे हिम गिरीको सितल मझेरीमा बस्ति छ सुन्दर अति,
लोभिन्छन जन सब भई मनोरम देख्ने हरू छन जति।
माथि बस्ति ढिमे प्रकृति बरदान आलोक्य भुमि कति,
हेर्दा बैकुण्ठ झै रोमान्चक हुने बर्सन्छ आत्मा रति ।

काखमा मालुमेला ईन्द्रपुरी झै क्या चिज छ आत्मा छुने,
स्वर्गलाई पनि माथ गरि लिने हेर्दा बिलास मन हुने ।
देख्छन जो जतिले मनै हरी लिने फाँट छ मजाको पनि,
सल्लाघारी महा सुसेली सुरीता नाच्छिन अप्सरा अनि।

देख्छन् ताराहरू टक भई फुलेर सुन्दर सुधा,
लेख्छन काव्यहरू सुरा कलमले छायर हर एक बुदा।
नाच्छिन लट्ठपरि स्वर्गकी अपसरा सुसेली सुरताल संग्गै,
गाउछन गान्धार्यहरू सुरा लयमहाँ छरेर मुस्कान संगै।

कस्तो गजबको छ महिमा यहि भुगोल गति,
स्वर्गकि परिहरू टोलाई रहने हेर्छे सबैको मति।
बैभव शालिनता प्राकृतिक छटा दौलत छ भण्डार अति,
रम्छन यहाँ सदा बिभोर अति भई डुल्छन बैकुण्ठै पति।

स्वाद पाई यसको बहुत खुशी भई लिएर स्वार्थी पन,
विराजमान भई बसे कुर्शिमहाँ खोई कस्तो तिनको मन।
तुच्छ स्वार्थीहरू पुगेमहलमा कहाँ रह्यो मालुमेला,
हरे आज कति टोलाई बसेको जिरिङ्ग छ है अकेला।

निराशमा छ है कठै मालुमेला पर्खि बिकासको गति,
धैर्य धारणमा अडिक पनि सदा पर्खि बसेको अति।
प्राकृतिक बनावट अति शिलवती ओझेल परेकी किन ?
भन्छे मालुमेला घायल हृदयमा आई मलाई चिन ।