टिका लगाएर काठमाडौं छिर्दै विप्लव

काठमाडौं,दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछन्।त्यसका लागि उनी नवलपरासी हुँदै काठमाडौं आउँदैछन्।यसैबीच नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ।

उनी टिका लगाएर काठमाडौं आउन लागेको तस्बिरमा देखिएको छ। महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गरेको बताइएको छ।सरकारले विप्लवलाई काठमाडौं ल्याउन हेलिकोप्टर तयारी अवस्थामा राखेको थियो।

तर, विप्लवले हेलिकोप्टर चढ्न नमानेको स्रोतले जनाएको छ।उनी पार्टीले व्यवस्था गरेको गाडीमै आउन लागेका हुन्।सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि २०७५ फागुन २८ देखि विप्लवसहित नेकपाका सबै नेता तथा कार्यकर्ता पूर्ण रूपमा भूमिगत भएका थिए।