प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बस्दै

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक शुक्रबार बस्दै छ।बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ।

आजको बैठकमा फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने एक नेताले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे पनि छलफल हुने बताइएको छ।ओली पक्षले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ ।