जानकी गाउँपालिकामा सुकुम्बासीको लगत संकलनकार्य सकियो

बाँके, जानकी गाउँपालिकाले सकुम्बासी संग सम्बन्धित सवै वडाको लागत संकलन गरिएको छ ।जानकी गाउँपालिका वडा १ देखि ६ सम्मको सुकुम्बासी समस्या संग सम्बन्धित सवैको लागत संकलन गर्ने अन्तिम म्याद बिहिबार सकिएको हो ।सरकारले सुकुम्बासी समस्या कार्यक्रम सम्पुर्ण स्थानीय निकायमा लागु गरेको थियोे । त्यसै अनुरुप जानकी गाउँपालिकाका वडाहरुमा पनी संकलन गरिएको लगत संकलन इकाईका संयोजक बिकाश जिसीले जानकारी दिए ।लगत संकलनको लागी गाउँपालिकाका सवै वडाहरुमा संकलन टोली सहित जानकी गाउँपालिकाका कार्यकारी अधिकृत बस बहादुर राना संकलन टोली सहित आफै पनि कामकाजमा खटिनुभएको थियो ।