विप्लव नेकपा माथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपा बीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’