सुर्खेतमा नेकपा (क्रान्तिकारी माओवादी)को कार्टुन प्रर्दशन

सुर्खेत,नेकपा (क्रान्तिकारी माओवादी)ले सुर्खेतमा कार्टुन प्रर्दशन गरेको छ।बिहिवार सुर्खेतको वीरेन्द्रचोकमा कार्टुन प्रर्दशन संगै कोण सभा सम्पन्न गरेको हो। पछिल्लो राजनैतिक घटनाक्रम तथा सरकारमा रहेका व्यक्तिमाथी खरो प्रहार हुनेगरी कार्टुन प्रर्दशन गरिएको थियो।

कोण सभामा वोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा देजमो नेपालका कर्णाली प्रदेश अध्यक्ष दिपकबहादुर शाहीले यहि लोकतान्त्रिक व्यवस्थामा विप्लवले पनि सहकार्य गरे संसदिय व्यवस्था स्वीकार्य नहुने वताए।यो लोकतान्त्रिक व्यवस्थाबाट समाजवाद पनि नआउने जिकिर गरे।

अहिलेका सरकारी नेकपाका नेताहरु लोकतन्त्रबाट समाजवाद आउछ भनेर हिडेको सुन्दा अचम्म लागेको भन्दै।प्रतिक्रियावादीका दिनहरु सकिएको र धेरै कुराहरु कार्टुनले नै स्पस्ट पारेको नेता शाहीले बताए।कोण सभामा नेकपा (क्रन्तिकारी माओवादी) का दिपक शाही,पुर्ण पौडेलले सम्बोधन गरेका थिए भने देजमोका जिल्ला अध्यक्ष श्याम कार्किले कार्यक्रम संचालन गरेका थिए।

नेकपा (क्रन्तिकारी माओवादी)ले देशभरि कार्टुन पर्दशन गरिरहेको र सोही अनुरुप मंङ्गलवार वाङ्गेसिमलमा,बुधवार एरिचोक र आज वीरेन्द्रचोकमा कार्टुन प्रर्दशन र कोणसभा गरेको नेता शाहीले जानकारी दिएका छन्।