मलाई मधेशमा पस्न नदिए हुन्छ तर खेत-खेतमा पठाउने पानी नरोक्नूः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मधेसका खेत-खेतमा पठाउने पानी नरोक्न आग्रह गरेका छन्।

बिहीबार सुनकोशी मरिन डाइभर्सन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म मुख्यमन्त्री मार्फत् मधेशलाई भन्न चाहन्छु।मलाई मधेशमा पस्न नदिए हुन्छ, तर खेत-तमा पठाउने पानी नरोक्नू ।’

आफूले मधेसलाई हराभरा बनाउन चाहेको ओलीले बताएका छन् । ‘मधेसमा केपीलाई पस्न नदिए हुन्छ तर तपाईंहरुका खेतमा पानी चाहिँ पसाइदिन्छ। तपाईंका सुख्खा खेलाई चिसा बनाइदिन्छ केपीले।’ उनले भने । मुख्यमन्त्री लालबाबु मञ्जमा प्रधानमन्त्रीसँगै थिए ।