नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुँदै

नेपालगन्ज,नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुन लागेकोछ। नेपालगन्ज स्थित होटेल बाटिकाको आयोजनामा यहि फागुन २२ गते सो फेस्टिवल आयोजना हुन लागेको हो ।नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत फुड फेस्टिवल हुन लागेको जानकारी गराइएको हो।नेपालगन्जका महत्त्वपूर्ण परिकारहरु फेस्टिबलमा राखिने नेपालगन्जको महत्त्वपूर्ण खानेकुरालाई चिनारीको रुपमा राखी प्रबर्द्धन गर्ने उद्देश्यले सो फेस्टिबल आयोजना गर्न लागिएको होटेल बाटिकाकी प्रबन्ध निर्देशक शिवाङ्गिणी राणाले बताएकी छन्।

फेस्टिबलमा चौलिक्काको हलुवा,पराठा,आइसक्रीम,कृमबेल,बुटिक,क्लासिकटेक ईन्टरनेट,मट्री अचार,बेनि फिटनेश,डोसा,सेवा क्लिनिङ,भारतीय गोर्खा सैनिक तालिम केन्द्र,डेलिटेक(ईटी),भिन्टेज कलेज लगायतका १९ वटा महत्त्वपूर्ण स्टल राखिने प्रबन्ध निर्देशक राणाले वताईन्।

सम्भवतः यस खालको मल्टिपल फेस्टिबल राजधानी बाहिर पहिलो पटक हुन लागेको राणाको दाबी रहेको छ।फागुन २२ गते बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म फेस्टिबल चल्ने आयोजकले जनाएको छ।सो फेस्टिबलको प्रायोजक सेन्चुरी बैंकले गरेको छ।उक्त फेस्टिबकमा प्रबेशको व्यवस्था निःशुल्क गरिएको छ।