सुर्खेतका सिडियोसंग पुगे वादी समुदाय

सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायका अगुवाहरु सुर्खेतका प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका छन्।वुधवार आफ्ना माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यलय सुर्खेतमा वुझाउनको लागि उनिहरु त्यहाँ पुगेका हुन्।गाँस,बाँस,कपास सहित खेतियोग्य जमिनको माग राख्दै उनिहरु मुख्यमंन्त्री कार्यलय नजिक बिगत दस दिनदेखि धर्ना गरिरहेका छन्।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई ज्ञापन पत्र हस्तान्तरण गर्दै उनिहरुले आफ्ना आधारभुत मागहरुको विषयमा सहयोग गरिदिन अनुरोध गरेका छन्।ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले आफ्नो तर्फवाट हुने सक्दो सहयोग गर्ने वताउदै वादी समुदायको हगहितको विषयमा खोज अनुसंन्धान गर्ने संघ संस्थापनि अहिले मौन रहेको वताए।

धरैजसो स्थानिय स्तरका समस्या स्थानिय स्तरवाटै समाधान गर्ने भएकोले वादी समुदायकाे जमिन दिलाउने माग वाहेक अरु मागहरु स्थानिय सरकारले समाधान गर्न सक्ने जिकिर समेत गरे। तिनओटै सरकारको काम कर्तव्य र अधिकार फरक फरक भएकोले सोहि अनुरुप काम गरिने भन्दै भुमिहिन सुकुम्बासीलाई जमिन दिन सरकार लागि परेको र सो मौका नचुकाउन आग्रह समेत गरेका छन्।

आफुले वुझिलिएको ज्ञापन पत्र सम्बन्धित मंन्त्रालयमा छिट्टोभन्दा छिट्टो वुझाउने प्रतिवद्धता समेत जनाए।विभिन्न मागसहितको ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा वादी अगुवा हिक्मत वादी,प्रेम वादी लगायतका एक दर्जन वढि वादी समुदायका व्यक्तिहरुको उपस्थिती रहेको थियो।