विमानस्थलबाट सुनको बाला र औंठी बरामद

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बाला र औँठी बरामद भएको छ।

सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाको थकाली भन्छाघर नजिक आई हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई तीन थान सुनको बाला र दुई थान औँठी अबैध रुपमा लैजादैँ गर्दा बरामद भएको हो।

प्रहरीले स्याङ्जा चापाकोट न।पा।वडा नं। ६ स्थायी घर भएका नगेन्द्र कुमार रानालाई पक्राउ गरेको छ। सुनसहित निजलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।