कांग्रेसले वोलायो संसदीय दलको बैठक

काठमाडौँ,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ।यही फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकेको स्रोतले बताएको छ।

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रस्तुत हुने विषयमा निर्णय गर्न उक्त बैठक बोलाइएको हो।गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।तर, फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापनाको फैसला सुनाएसँगै २३ गते बस्दैछ।

विभाजित नेकपाका दुवै पक्षले कांग्रेसलाई सत्ता सहकार्यका लागि प्रस्तावव गरेका छन् । तर, कांग्रेसले कुनै निर्णय लिएको छैन ।