डोटीमा ढुङ्गा लागेर एक बालिकाको मृत्यु
प्रकासित मिति : २०७७ फाल्गुन १९, बुधबार ०९:५७
प्रकासित समय : ०९:५७
डोटी,डोटीमा भिर माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मङ्गलबार साँझ टाउकोमा ढुङ्गा लाग्दा मृत्यु भएको हो ।मृतक बालिकाको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
विद्यालय बिदापश्चात् घरबाट खाजा खाएर जङ्गल बाख्रा ल्याउन हिँडेकी निज बालिकासँग अन्य दुई बालबालिकासमेत रहेको तर ती बालबालिका भागेर बाँच्न सफल भएको स्थानीयवासी बलबहादुर पुजाराले जानकारी दिए ।

