जलमा गजल,सल्यान

केही दिन अघि जलमा गजल कार्यक्रम नामकको व्यानर फेशबुकको भित्तामा सार्वजनिक भएको थियो । ब्यानरमा तोकिए अनुसार जाजरकोटबाट जनक चन्द ऋतु, सुर्खेतबाट लिला पोखरेल र सल्यानका ओम प्रकाश देवकोटाको बिशेष रचना बाचन थियो।केही पृथक सैलिको कार्यक्रम सल्यानका साथिहरु गरिरहन्छन् । बेला बेलामा उहाँहरुको कार्यक्रम गर्ने छुट्टै मौलिकता छ। नेपाली साहित्यको गजल बिधाको श्रीबृद्धिका लागि दिलो ज्यान दिएर अहोरात्र खटिरहने लोकेश जलन र भरत रोकाय भाईको योगदानको जति तारिफ गरेपनि कमै हुन्छ। जलमा गजल कार्यक्रम हुनु यौटा सौकिन रुपले गरिएको साहित्यिक अनुष्ठान मात्रै थिएन।आफ्नो सुन्दरताको पहिचानलाई लुकाएर बसेको कुपिण्डे तालको प्रचार प्रसार गर्नु अर्को उद्येश्य पनि हो।कुपिण्डे ताल आफैमा सुन्दर र प्राकृतिक सौन्दर्यताले मनोरम ताल हो। तर राज्यको नजर अझै तालको दृश्य अवलोकन गर्न गम्भीर भएर पुग्न सकेको छैन।

 

सल्यान जिल्ला कर्णाली प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला पनि हो। उहाँले सत्ताको बागडोरमा विभिन्न चरणमा उपस्थिति जनाई सक्नु भएको छ। उहाँ यौटा राम्रो लेखक र साहित्यकार पनि हो। निश्चय पनि उहाँले सल्यान जिल्लाको बृहतर हित र सल्यानि कला साहित्यको बिकाशको लागि के कति योगदान पुर्याउनु भयो भाबी इतिहासले जरुर लेखाजोखा राख्ने नै छ। बालुवा संग्रही देखि कुपिण्डे ताल सम्मको बाटो अझै पिच हुन सकेको छैन। नेपालगन्ज र सुर्खेतबाट रुकुम जाने यात्रीलाई यो बाटो निकै छोटो पर्छ तर बाटोको हरिगती र यातायात साधनको अभाबका कारण यात्रिहरुले दाङको बाटो हुँदै लामो दुरीको यात्रा तय गर्नु बिडम्वना नै हो । निलो दहमा गुम्सियका चोटका निल डामझै कुपिण्डेले आफ्ना बेदना कहिलेकाँही तालमाथी जलविहार गर्ने जलबिहारीलाई सुनाउदो हो भन्ने लाग्छ।

हामीले जलबिहार गराउने डुङ्गा चालकलाई सोधेका थियौ। दाइ तालको गहिराई कति छ ? उहाँको जवाफ थियो ठ्याक्कै थाहा छैन । लम्बाई चौडाइ कति छ ? प्रतिउत्तरमा उहाको उत्तर थियो लम्बाई एक डेढ किलो मिटर, चौडाइ करिब आधा किलो मिटर हाेला। उहाले मलाई केही बिश्वस्त बनाउने कुरा गरे पनि म बैज्ञानिक रुपले उहाँको कुरामा विश्वास्त थिएन ।कुनै पनि बस्तुको तौल उचाई लम्बाई चौडाई नाप जाँच गरेपछि निश्चित हुन्छ। मेरो शारीरिक उचाई पाँच फिट चार इन्च छ तौल चौरासी केजी।वास्तवमा कुपिण्डे तालको लम्बाई ,चौडाई र गहिराई बैज्ञानिक रुपले नाप जाँच गरिएको रहेनछ यस्तै लाग्यो। यो जिम्मा डुङ्गा चालकको होइन , स्थानिय जनताको पनि होइन। निश्चित पनि यो जिम्मा राज्यका सरोकारबाला निकायको हो। होइन भने संस्कृति पर्यटन मन्त्रालय किन बनाउनु ? पर्यटन विकासका लागि हावादारी गफ किन दिनु ?

बाटो पुगायर तालको सौन्दर्यता बढ्दैन बरु आन्तरिक तथा बाहिय पर्यटन ब्यबसायलाई बढवा दिनको लागि राज्यले स्थानिय जनतालाई हस्पिटालिटी सम्बन्धि तालिम दियर गाँस ,बाँस कपासको राम्रो ब्यवस्था मिलाउने भुमिका निभाउनु पर्छ। जर्बजस्ति तालको मुखैमा पुर्याएको बाटोले पर्यटकलाई हिड्न सहजता गरेपनि पैदल यात्रा गरेर तालको छेउमै रहेको मन्दिरको दर्शन गर्न र डुङ्गा सयर गरेर तालको ओल्लो मुख देखि पल्लो मुख सम्म जाने पर्यटकको रहरलाई केही कम गर्दिएको हो कि भन्ने मेरो मनमा लागेको थियो । मेरो मनमा लागेकै कुरा भन्नू भयो काठमाडौंबाट कार्यक्रमकै लागि आउनु भएका मेरा मित्र बाबू त्रिपाठीले गुरुदेव बाटो खनेर तालको सुन्दरतामाथी कमिसन खोरले ताललाई कुरुप बनाउने चेष्टा गरे ।

उहाँ सुनाउनु हुन्थ्यो दस धण्टा पैदल यात्रा गरेर रोल्पाको जलजलामा गरिएको साहित्यिक कार्यक्रमको बर्णन। पैदल यात्रा गरेर आनन्द लिनुको मजा बेग्लै हुन्छ।हिचाइकरहरु पैदल यात्रा गरेर विश्व भ्रमण गर्छन् । ज्यानलाई जोखिम राखेर हिमाल चढछन् पर्यटकहरु। के कुपिण्डे ताल हेर्न आउने मान्छेहरु चारसय मिटर हिडेर आउन नसक्ने कुरै होइन।सौचालयको ब्यबस्था नहुनु र जथाभावि फालिएका प्लास्टिक फोहोरले सुन्दर ताललाई फोहोर बनाउने काम भएको देख्दा मन खिन्न भयो।जनयुद्धकालमा छापामारलाई डोकोमा भात बोकेर गाउँलेहरुले छापामारहरुलाई पालेको रोल्पाली जनताको कहानी सुनाउदै भन्नू भयो मित्र बाबूजीले रोल्पा साहित्य महोत्सवको बारेमा।भटमास र मकै खादै दस घण्टा हिडेर जलजला पुगेर साहित्यिक कार्यक्रममा सहभागी भएको कुरा।२४ बर्षअघि छापामारले खाने डोके भातलाई आफुले खादा प्राप्त गरेको डोके भातको स्वादको कथा।

हामीलाई भने कुपिण्डे तालको सौन्दर्य हेरेर पेट भर्ने अवसर मिलेन। किन भने खानपिनको ब्यबस्था छैन कुपिण्डे दहमा। गन्तव्य भेटाउन अलग अलग ठाउँबाट प्रस्थान गरेका महेन्द्र चन्द महासागर, लिला पोखरेल पंतिकारको भेट छिन्चुमा भएको थियो।अण्डा चियाको समान्य नास्ता पछि हामी हिड्ने सुरसार कस्दै थियौं। सुर्खेतबाट कार्यक्रमको लागि जाने अरु साथिहरु पनि हुनुहुन्थ्यो। महेश के भट्टराई,भरत प्रमोद दाहाल, दिपक दुर्लभ,पहल असिम थापा र कृष्ण विरही ।चोकमा सब थोक हुन्छ चोकले छुटाउछ पनि छुटेकालाई मिलाउछ पनि। छिन्चु बजारको ओल्लो छेउ , बजारको श्रृङ्गारिक्ताको श्रृङ्गार अपनाउदै गरेको चोकमा हामी सबैको भेट भयो। चोकमा सबै भेटियौं। कहानी अलि फरक छ। सुर्खेतबाट छिन्चु सम्मको दुरी २९ किलो मिटर हो। किलोमिटरलाई समय संग तुलना गर्ने हो भने छिन्चु सम्म आइ पुग्न बाइकमा आधा घण्टा लाग्छ। तर साथिहरुलाई छिन्चु सम्म आइ पुग्न एक घण्टानै लागेको थियो।

कसैलाइ पर्खेर बस्दा छोटो समय पनि लामो भैदिन्छ। साथीहरु भेरीपुल पुग्यौ ,भेरीपुल पुग्यौ भनेर ढाटी रहनु भएको थियो फोनबाट। ढाट्नुको राज पछि खुल्यो महेशको बाइकको क्वलोज पेलेट हाल्नु पर्ने भएर ढिलो भएको रहेछ। हाम्रो यात्राले बाइकको पाङ्ग्रा हुँदै गति लियो। हामी भेरीको तिरै तिर हुँदै अघि बढी रहयौं। करिब दसबजे हामी बालुवा संग्रही पुग्यौं।खानाको अत्तो पत्तो थियन। आयोजक साथिहरु सबै माथी कुपिण्डे तालमै कार्यक्रमको तयारीमा ब्यस्त हुनुहुदो रहेछ। पेटमा भने भोकका मुसाहरु दौडी रहेका थिए।पछि आयोजक मध्यकै एकजना साथी तारादेव शर्मा आएर खानाको अर्डर गरेपछि बसेकै होटलमा खाना खाने कामले पुर्णता पायो।भाई हरिश र बाबूजी त्यही भेटिनु भयो।पछि माथी कुपिण्डेमा भेट्ने बाचाका साथ उहाँ लाग्नुभयो।

हामी खाना खाईबरी पश्चात लाग्यौ।मेरो बाईकमा एक्कासी रेसक‍ो आवाजले वालुवा संग्रही बजार थर्कायो।अस्वभाविक आवाज आयो भने मलाई बाइकमा चढ्नै मन लाग्दैन। बाईकको अस्वभाकिक आवाजमा आफ्नै दर्द भेटाउछु त्यस‌ैले जो कोहीलाई बाईक दिदैन पनि। महेशले मेरो बाइकको कन्डिसन चेक गर्ने नाउमा रेस बढाएर छेडखानी गरेकाे रहेछ।उसलाइ राम्रो लाग्यो होला,मलाई नराम्रो लाग्याे।मजाक पनि बुझेर गर्नुपर्छ यार।मैले अलि धेरै भोटाहरु फटाएको छु भाइ हो।

यसरी त म कुपिण्डे ताल पहिले पनि पुगेको थिए।आजको लागि कुपिण्डे तालकाे नौलो यात्रा थिएन फरक यतिमात्रै हाे आज अनुभुति भने नौंलो थियो। हामी धुलो उडाउदै कुपिण्डे ताल पुग्यौ।साथीहरु पर्खेर बस्नु भएको रहेछ। हामी पुग्यौ कार्यक्रम बाजागाजा सहित शुरु भयो।मन्दिर परिक्रमा गरेर र्याली तालको मुखमा मन्च बनाइएको ठाउँतिरआएर जम्मा भयौँ।कार्यक्रमको उद्घोषण बाबू त्रिपाठीले गर्नुभयो। गजलका माली ज्ञानुवाकर पौडेलका यि शेर संगै।

कायम तिम्रो पहिचान राख्नु।
जारी तिम्रो उडान राख्नु।

सल्यान कला परिसद्का अध्यक्ष भाइ भरत रोकाय आज निकै भावुक देखिन्थ्यो। काधमा जिम्मेवारी आई परेपछि भावुक हुनु स्वभाबिक पनि हो।भावुकतासंग बिजय र पराजयले घर जमाएको हुन्छ।भावुकताको पर्दालाई च्यातेर अगाडि बढ्नेहरु नै सफल र बिजयी हुन्छन्।त्यही भएर उद्घोषक मित्रले ज्ञानु सरको घत लाग्दो गजलबाटै कार्यक्रमको शुभमुहुर्त गरेको हुनुपर्छ। पानिमा गोता लगाउने साहसी मात्रै समुद्र पार गर्नसक्छ।

सभाको अध्यक्षता भरत रोकाय, प्रमुख अतिथी वनगाड कुपिण्डे नपा ८ का वडा अध्यक्ष कुल बहादुर पुरी, सल्यान कलापरिसदका संथापक संयोजक लोकेस जलन,ताल संरक्षक तिलकराम पुरी,डुङ्गा ब्यबसायी धनसिंह गोइसाई,दैलेख,सुर्खेत,अछाम ,रुकुम र जाजरकोटका साहित्यकार लाई एकमुष्ट अतिथी आसन ग्रहण पश्चात् कार्यक्रम अघि बढ्यो।छोटो मिठो रुपले शब्दबाट शिव बिसी ले स्वागत मन्तबय दिएर ओझेल हुनुभयो। त्यसपछि पालो आयो लोकेस जलनको

तिमी फूलको थुँगा हौं शिरहरुमा सजिनु पर्छ ।
म चप्पल हुँ पटकपटक काडामा टेकिनु पर्छ ।
मलाई आधा हुनुको पछुतो लाग्दैन यै कारण ,
भरिनेहरु पनि एक न एक बेला पोखिनु पर्छ ।

जलनका माथीका शेरहरुलाई मैले मन्थन गर्न जरुरी ठानेको छैन,साहित्य आफै बाेल्छ।सदाबहार रमाइलो देखिने लोकेश जलन पनि आज निकै भावुक थियो। जलन यो देशको एक सिपाही हो। भैपरी आएको बखतमा आगोको कुण्डमा हाम फाल्ने कसम खाएको छ उसले।खुकुरीको धारमा हिड्ने बाचा गरेको छ।देश जनता र समाजको लागि आफु मरेर देश समाज बचाउने प्रतिज्ञा गर्ने वीर योद्धाको आँखा मलिन थियो आज। मलिन हुनुले मानिस कमजोर हुदैन साहित्यकार भावु हुन्छन् , नसाको प्यालमा रोइ पनि दिन्छन् रे। म पनि नसा बेगर कयौ पटक रोएको छु।आफुले आफैलाई समालेर अगाडि बढेको छु।

भरत र जलनको आँखामा देखियको मौनता र भावुक पना सल्यान कला साहित्य लाई अझै सगरमाथाको शिर झै उचो राख्नको लागि सोच्मग्न कसरत हो भावुक्ता पनि।हामी पढेलेखेका र धनी मान्छेबाट अपेक्षा घेरै गर्छौ तर उनिहरुबाट पाउने सहयोग नगन्य हुन्छ।उनिहरु नाम र धन मरेपछि संगै लिएर जाने होडमा हुन्छन्। धन नभएका तर मन भएकाहरु धन र नामलाई समाजमा छोडेर जान चाहान्छन्।मन भएकाहरु देश समाज परिवर्तन भएको देख्न चाहान्छन्। नाम र धन कमाउनेहरु देशलाई लुटेर देश बर्बाद भएको देख्न चाहान्छन्।

उनीहरु र हामीमा फरक यही हो।सल्यानमा महिनाको अन्तरालमा गरिने कार्यक्रमलाई सल्यान जिल्लाको ओज मात्रै बढाएको छैन नेपाली साहित्यलाई समेत टेवा पुर्याएको छ।आखिर परिश्रमको फल मीठो हुन्छनी। हिजो नाङ्गो पाउ भेरी छालको किनारै किनार धुलो उडाएर हिड्ने खुट्टा आज धेरै खुट्टाहरु सारदा नदीको किनारै किनार भएर बागचौरमा समेत जम्मा भएका छन्।यो नेपाली साहित्यको लागि गरिएको सल्यानि साहित्यकारहरुको अतुलनिय योगदान हो।कार्यक्रम बहुत सानदार रुपले समपन्न भयो। क्यानभासमा सल्यान नामक पुस्तक माथी छोटो चर्चा बझाङका भाइ हरिस जोशीले दिल खोलेर यसरी प्रसंसा गरे।

साहित्यको ईतिहासमा दस्तावेज बन्ने छ,
सुन्दर पुस्तक क्यानभासमा सल्यान पनि।

ताल संरक्षक तिलक राम यरी,डुङ्गा ब्यबसायिक धनसिंह गोसाइ, वडा अध्यक्ष कुल बहादुर पुरी र दिपक यरीले साहित्यकार र साहित्य प्रति देखाएको माया ममता देखि हामी नतमस्तक भयौं।वाचक श्रष्टाका गजलका सेर सुनेर रमाएका त थियौँ नै कार्यक्रमको समापन पश्चात् पुनः जलबिहारमा रमायौं। घामले हामिबाट दुरी बढायो चिसोको अनुभूति पनि बढ्न लाग्यो। हामी बाँस बस्न सल्लिबजार फर्कियौ। बाबू जी र म बाईकमा कुरा गर्दै ओरालो झर्यौ।बाबु जि भन्नू हुन्थ्यो पारि पट्टि पानीको अभाबमा सुक्न लागेका गहुका बोटा देखायर गुरुदेब यहाका मान्छे के खाएर बाच्छन्।मैले भने भारत जाने कमायर ल्याउने खाने।

तल भेरी बगि रहेको माथी पिउने पानिको अभाव। माथि ताल छ तल बन्जर जमिन पानीको अभाबमा बालीनाली मर्दै गएका तमाम दृष्यले। नेपाललाई कृषि प्रदान देश भनिनु लाज मानिने कुरा हो।अझै लाज नमानेरै भन्छन् यो देशका सासकहरु ‘समृद्ध नेपाल सुखी नेपाली‘ बनाउने कुरा।यी दृष्यले नारामा सुखी नेपाली देख्ने नेताहरुले अझै नेपालीलाई हजारौं साल दुखी बनाउने छन्। यिनिहरुको पन्जाबाट बलिको बोको हुँदै भोट हाल्न जाने हामी सर्बसाधारण नागरिकले कुरो कहिले बुझ्ने ? यिनिहरुलाई सामुहिक बहिस्कार कहिले गर्ने ?

सल्लीबजार पुर्णिमा होटलमा बाँस भयो। गजलकारको पार्टी बनाउनुपर्छ भन्ने गफ पनि चल्यो।हामी कुरैकुरामा मस्तले निदायौ। कृष्ण विरहीको घुराइले बाबु त्रिपाठी निकै झस्कनु भयो। यसरी कहाँ सुत्न सकिन्छ गुरुदेव यहि कुरा भन्दै हुनु हुन्थ्यो।पछि विरहिको घुराइले पनि गेयर चेन्ज गर्यो हामी सबै भुसुकै निदायौ।उज्यालो भएको थाहा नै भएन। बिहानिको नित्य कर्म सहित हामी जामुने बजार सम्म पुग्यौ।२०६६ सालको जाजरकोट को स्यापी पुगेर कार्यक्रमको संस्मरण गर्दै छेडा माथि तारे भिरको कुरा गर्दै हुनुहुन्थ्यो।म पनि पहिलो पटक त्यो भिरमा यात्रा गर्दै गर्दा निकै डराएको थिए।अहिले त्यो भिरको बाटो साघुरो भएपनि पिच भइसकेको छ। राकम कुनै बेलाको स्थानिय ब्यपारिक केन्द्र थियो भत्की सकेका घरहरुको भग्नावसेस र जिर्णहुदै भत्किन लागेका घरहरु देखाउदै राकम बजारको अतीत सम्झनु हुँदै थियो बाबू त्रिपाठी।राकमको झुलुङ्गे पुलले उहाँको मन निकै खिच्यो तल पट्टीको पक्की पुल भन्दा।गाडी वारीपारी गर्ने पुल थिएन त्यस बखत।फेरि थियो फेरिलाई तिनबर्ष अगाडिको बाढीले बगाएर।राकमदेखी केही तल भेरी नदिले अड्काएर किनार लगाएको छ।

फर्किदा बाबुजीले जिर्ण फेरि नदिको फोटो खिच्न पठाउनु भयो। बाबू भन्दै हुनु हुनुहुन्थ्यो गुरुदेब यो फेरिले कतिलाई वारिपारी तार्यो अहिले आफै विश्राम लियर बस्यो है। मन भावुक भयो चाइदाको भाँडो अचाइदाको ठाँणो पनि बनाउनु हुदैन।सके त्यो फेरिलाई जिर्णोद्धार गरेर सन्चालनमा ल्याउनुपर्छ यदि सकिएन भने फेरिलाई म्युजियममा राख्दा ठिक होला।यदी भाेली याे देश डिजिटल नेपाल भयो नयाँ पुस्तालाई पुरानाे नेपालकाे बारेमा रिसर्च गर्न काम लाग्नेछ।

विहानको खानपिन सकेपछि साथिहरुले राप्ती होटलमा आउने निर्देश गर्नुभयो।हामी पुग्यौ सल्यान कला परिसद्का साथिहरु मिटिङ्ग सकेर भरत रोकाय ,शिव बिसी,सुनिल राना बिरही,इन्द्रा बस्नेत, तारादेव शर्मा ,शान्ता बुढाथोकी र लोकेश जलन खाना खाइ रहनु भएको थियो।लोकेश जलन ठोक्कीयो भावुक भएर भन्यो सर हामीबाट केही कमि कम्जोरी भयो माफ गर्नुहोला।हामी दङ्ग पर्यौ बाबूजीले भन्नूभयो केही कमजोरी भाछैन कार्यक्रम गजब भयो।लोकेश जलनले केही भन्नूभयो। साहित्यका मतियार ठहरिने केही मान्छेबाट हामीलाई सहयोग भएन।लोकेसजीका केही कुरालाई जस्ताको तस्तै राख्न मन लाग्यो।

सल्यानमा अग्रज अभिभावक साहित्यकारहरु छन् यो हेक्का भुलिसकेको छु।सम्झिनलाइ त उनिहरुले अग्रजको दायित्व पनि त निर्वाह गर्नुपर्यो नि होइन र ? हुन त सल्यानमा साहित्यबाट पि एच डि गर्ने डा सापहरु पनि छन्।उनिहरुमाथि मेरो ठुलो अपेक्षा भने होइन।म बाट अहिले हामी भएका छौ म केही नभए पनि हामी केही हौं।म बाट हामी हुन मलाई सात बर्ष लागेको हो।मबाट हामी हुने अभ्यासमा मलाई ढिलो भएपनि ठुलो उपलब्धि मिलेको थियो । त्यो उपलब्धि हो भरत रोकाय भाइ सुनिल राना बिरही हामीले त्यतिबेला सानो झुपडी बनायौ जो झुपडी हो सल्यान कला साहित्य परिषद् सल्यान।क्रमशः म बाट हामी, हुँदै गयौं जीवन जलन,शान्ता बिसि,तारादेव शर्मा प्रर्दशनु,इन्द्रा बस्नेत,निम बुढा,वरुण विश्वकर्मा हामी यहीँ झुपडीमा रहेर सल्यानको साहित्यको सडक निर्माणमा जुटिरहेका छौ।

साच्चिकै लोकेश जलनको कुरामा दर्दभरी कहानि लुकेको थियो। दर्दकै गहिराइमा जन्मेको कुनैपनि संस्थाले फड्को मार्छ धुर्व सत्यकुरा यही हो।आज सल्यानको कार्यक्रममा नेपालका कुनैपनि सायरले मन्च पाउनु गर्व गर्छ। यौटा दार्शनिकले भन्नू भएको छ। बुद्धिजिवि भन्नेबाट संका र विश्वास दुबै गर तर भर नपर। सल्यानका युवाहरुले गरिरहेको यति सुन्दर कार्यक्रमलाई सहयोग नगर्नु गम्भीर कुरा हो भाेली उनिहरूकाे पनि लेखाजाेखा राख्नेछ इतिहाँसले।उनिहरुले सहयोग नगरेकै कारण निरास भने हुने होइन।गजललाई साहित्यिक विधा नमान्ने बुद्धिजीवी आज मात्रै होइन हिजो पनि थुप्रै थिए। ज्ञानुवाकर पौडेल त्यसका बिरुद्ध लडेर गजलको ईतिहास यहाँ सम्म आई पुगेको छ।

अहिलेपनि आधुनिक गजललाई ओट हालेर रोक्न बाबू त्रिपाठीका विरुद्ध लाग्ने खलनायक पात्रहरु नभएका भने होइनन्।काठमाडौंमा एक्लो बृहस्पति भएर हिड्ने बाबू त्रिपाठीका वरीपरी अहिले आधुनिक गजलको तस्बिर घुमिरहेको छ उस्को पछाडि सिङ्गो आधुनिक गजलको दुनिया उभिएको छ।कार्यक्रम खुब भयो राम्रो भयो तपाईहरुले अविर लगाउदै बिदाइ गरेको पल स्मरणमा ताजा छ।अब सल्यानले नेपाली गजलको प्रतिनिधित्व गर्ने कुरामा दुइमत छैन।