मेरो ज्यान तलमाथि हुनसक्छः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने जनाएका छन्। तर, भयो भने अन्यथा मान्न नहुनेसमेत उनले बताए।

पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताउँदै भने अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला ।

तर त्यस्तो हुँदैन। म रहिन भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकारतीर जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल समेत गरेका छन्।

उनले आफ्नो सरकारले गरेको विकासका कामहरू देखेर देशी विदेशी तत्त्व सरकार ढाल्न लागिपरेको बताएका छन्। विकासका काम गरिरहेको देखेर नै देशी विदेशी तत्त्व सरकार असफल पार्न लागिरहेका छन् । विकास निर्माणको कामले गति लिइरहेको कारणले म माथि प्रहार भएको छ।ओलीले भने ।