प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

काठमाडौँ,प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक सिंहदरबारमा जारी रहेको छ ।केहिसमय अघिबाट सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी रहेको स्रोतले जनाएको छ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।संसद् पुनस्र्थापना भएसँगै संसद् कैठकको मिति नजिकिँदै गएको छ । सरकारले २३ फागुनमा बैठक बोलाउन सिफारिस गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र पारेको हो । प्रचण्ड–नेपाल पक्षले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी ९जसपा० सँग पनि छलफल गरिरहेको छ ।