अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउनुस्ः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोमा बोल्दै प्रधानमन्त्री ओलीले चुनौती दिएका हुन्।

प्रचण्ड-नेपाल पक्षलाई संकेत गर्दै ओलीले भने, ‘केपी ओलीलाई हटाएर देखाउनुस् न, अविश्वास प्रस्ताव राख्नुस्। पास गर्नुस्।पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको हो, म जनताबाट फर्केर आएको हो।अहिले पनि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएरआइन्छु।’

ओलीले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिस्टर कम्फर्टेबल र नेता माधवकुमार नेपाललाई ‘मिस्टर हेल्लो’को उपमासमेत दिएका छन् ।