प्रचण्डलाई सहयोग गरेको भन्दै बादलले हटाए स्वकीयसचिव

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गरेको र सूचना चुहाएको आरोपमा गृहमन्त्री बादलले तामाङलाई हटाएका हुन् । तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको बादलका एक सचिवालय सदस्यले बताएका छन् ।

पूर्वमाओवादी लडाकूसमेत रहेका तामाङ संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै बादलको साथमा ओली पक्षतिर लागेका थिए ।