शिक्षकहरूको जिल्लान्तर सरूवा हुने

काठमाडौं,अब शिक्षकहरूको जिल्लान्तर सरूवा हुने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार एक सूचना जारी गर्दै शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको हो ।

विभिन्न शर्तहरूसहित सरूवा हुन मिल्ने केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले जानकारी दिए ।