मुख्यमन्त्रीले हामीसंग मौखिक वार्ता गरी आलटाल मात्र गरेः वादी समुदाय

आन्दोलनमा नेकपा (क्रान्तिकारी माओवादी)सुर्खेतको सर्मथन

सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायसंग कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले लिखित रुपमा नभई मौखिक रुपमा मात्र वार्ता गरेको वताएका छन् ।वार्तामा सहभागि आन्दोलित वादी समुदायका अगुवा हिग्मत वादीले लिखित रुपमा वार्ता नभई मुख्यमंन्त्री शाहीले मौखिक रुपमा आलटाल गरिएको वताएका हुन् । वादी समुदायलाई हरेक क्षेत्रबाट पछाडी पारिएको वताउदै उनिहरु केहिदिन यता धर्नामा उत्रिएका छन्।

खानपान,सुत्न र सौचालय गर्न निकै सकस भोकिरहेका वादी समुदाय मुख्यमन्त्री कार्यलयको चौरमा टन्टलापुर घाम खाईरहेका छन्।उनिहरुको मागप्रती सरकारले कुनैपनि चासो नदेखाएको भन्दै उनिहरु निराश समेत वनेका छन् । वादी समुदायका अगुवा हिक्मत वादीका अनुसार आफुहरुले वाँच्नकै लागि कला,गला र शरिर समेत वेच्न वाध्य भएको र त्यसो गरेर पनि जिवन धान्न नसकेकोले सरकार समक्ष गाँस,वाँस,कपासको माग राखेको वताए ।खेतियोग्य जमिनको माग राख्दै आएका वादी समुदायहरुले अहिले कर्णाली सरकारकोअगाडी भोकै आन्दोलन गर्न परेको गुनासो सुनाए।आन्दोलनलाई केही सामाजिक अभियान्ताहरुले खाद्यान्नको सहयोग गरेपनी सरकारी निकायबाट भने केहि चासो नदिएको वताए।वार्ता टोलीमा सहभागि प्रेम वादीका अनुसार मुख्यमन्त्री शाहीले वादी समुदायले उठाएका माग सकारात्मक रहेको भनि सान्तोना दिएको वताए ।जमिन दिने अधिकार हामिलाई नभएको भनी पन्छिएको समेत वताए ।आन्दोलनलाई थप शसक्त वनाउनको लागि नेकपा (क्रान्तिकारी माओवादी) सुर्खेतले पनी सर्मथन जनाएको छ।आन्दोलन भएको ठाउँमा पुगि नेकपा (क्रान्तिकारी माओवादीका)केन्द्रिय सदस्य दिपक शाहीले आफ्नो पार्टिको धारणा व्यक्त गरेका हुन्।वादी समुदायको माग जाहेज रहेको र यस विषयमा कर्णाली सरकार सकरात्मक ढंगले लाग्नुपर्ने वताए।मानविय हितका निम्ति पनी सरकार गम्भीर रुपमा लाग्नुपर्ने र पछि परेको वादी समुदायलाई न्याय गर्नुपर्ने भन्दै सर्मथन गरेको वताए ।वादी समुदायका अगुवा हिक्मत वादीले कुसे न्यज संग कुरा गर्दै आफ्नो माग पुुरा नभए थप आन्दोलनको कार्यक्रमहरु तय गरेको र आन्दोलन जारी रहेको जानकारी दिएका छन्।आफ्ना मागहरु सामान्य रहेको र यस विषयमा गम्भिर रहेर सोचिदिन कर्णाली सरकारलाई चेतावनी समेत दिएका छन् ।