अछाममा बिधार्थिहरु आन्दोलित

शिक्षकले बिधार्थिमाथी यौन दुराचार गरेको आरोप

अछाम,अछामको साफेबगरमा बिधार्थिहरु आन्दोलित भएका छन । शिक्षकले बिधार्थिमाथी यौन दुराचार गरेको भन्दै बिधार्थिहरु आन्दोलित भएका हुन् ।

जिल्लाको साफेबगर नगरपालीका वडा नं १३ बाब्लामा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा कार्यरत शिक्षकले सोहि बिद्यालयकी कक्षा १० मा अध्यनरत छात्रा माथि यौन दुराचार गरेको भन्दै बिधार्थिहरु आन्दोलित भएका छन।

शनिबार बनभोज गएको बेला शिक्षकले छात्रामाथि यौन दुराचार गरेको आरोप बिधार्थिहरुले लगाएका छन् ।घटनाको निश्पक्ष छानबिन गरिनुपर्ने भन्दै राष्ट्रीय माध्यमिक बिद्यालयमा अध्यनरत बिधार्थिले बिधालयमा तालाबन्दी समेत गरेका छन्।