काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

काठमाडौं,बृहत नागरिक आन्दोलन र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै आइतबार दिउँसो उनीहरुले महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरूले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति रु कस्तो सरकार रु’, ‘सम्पदा मास्ने भूत भगाऔं कमल पोखरी जोगाऔं’ लगायतका प्लेकार्ड बोकेका थिए ।