औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जाँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेका हुन् ।

उक्त औद्योगिक क्षेत्रलाई चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको जताइएको छ ।यस्तै, रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । उनी काठमाडौंबाट हवाईजहाजमार्फत बिहान १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ। उनी आजै काठमाडौं फर्कनेछन्।