बाँकेको खजुरामा ३९औँ मगर दिवस सम्पन्न

नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिकामा ३९अौँ मगर दिवस मनाईएको छ ।शनिवार खजुरा गाउँपालिका वडा. १ मैटाहवामा माबिमा एक अौपचारिक कार्यक्रम गरी मगर एकता तथा ३९अौँ मगर दिवस मनाईएको हो ।

उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगर, जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना लगायत मगर समुदायकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले छरिएर रहेका मगरको एकता आवस्य रहेको बताए । साथै रक्षात्मक अवस्थामा रहेको मगर भाषा, सस्कृति र पहिचानलाई सवै मिलेरनै रक्षा गर्नुपर्ने उनिहरुको धारणा थियो ।