प्रदेश १ मा पलको फिल्म चल्न नदिने चेतावनी

काठमाडौं,चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले नायक पल शाह अभिनित सम्पुर्ण चलचित्रहरुलाई प्रदर्शनमा पुर्ण रुपमा रोक लगाउने चेतावनी दिएका छन् ।

आफूमाथि नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले दुर्व्यवहार र कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका प्रधानले उनीहरुले माफि माग्नुपर्ने समेत बताएका छन् ।शुक्रबार एक विज्ञप्ती जारी गर्दै भनिएको छ, पल शाहको निर्देशनमा उनको असिस्टेन्ट कृष्णले गरेको कार्यप्रति चलचित्रकर्मी महासंघ प्रदेश १ परिवार घोर विरोध गर्दछ ।

पल शाह र उनको असिस्टेन्ट कृष्ण प्रसाद जोशीले इलाका प्रहरी कार्यलयमा लिखित रुपमा माफी माग्नु पर्ने छ । यदि उनीहरुले अटेर गरेमा कानुनी प्रक्रियामा अघि बढ्ने जानकारी पनि गराउँद छौँ । प्रदेश नं १ मा पल शाहद्वारा अभिनित सम्पुर्ण चलचित्रहरुलाई प्रदर्शनमा पुर्ण रुपमा रोक लगाउने छौँ ।ु