पार्टीको धारणा र नेताहरुको विचार आधिकारिक ठाँउबाट बुझौंः नारायणकाजी श्रेष्ठ

काठमाडौं,प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार आधिकारिक ठाँउबाट बुझ्न अनुरोध गरेका छन् ।उनले सञ्चार माध्यममा आएका सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गर्नुपर्ने बताए । सञ्चार माध्यमको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न नसक्ने र उचित पनि नहुने उनको भनाई रहेको छ ।

शुक्रबार सामाजिक सञ्जालमा श्रेष्ठले लेखेका छन्, सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं ।

सञ्चार माध्यमका आ-आफ्ना बिश्लेषणलाई यथोचित सम्मान गरौं ।त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन । तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।