नायक पल शाहविरुद्ध उजुरी दर्ता

काठमाडौं,नायक पल शाहविरुद्ध उजुरी परेको छ ।आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गरेका हुन्।

नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको प्रधानको भनाई छ । यस सम्बन्धमा प्रहरीले शुक्रबार दुबै पक्षलाई छलफल गर्न प्रहरी कार्यालय बोलाएको छ ।धरान १० मा अवस्थित ज्वाईं खाना घरमा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले निमन्त्रणा गरेको तर शाहले आउन नमानेपछि फेसबुकमा राखेको स्टाटसबाट हटाउने भन्दा विवाद परेको बताइएको छ ।

प्रधानले स्टाटस डिलिट गर्ने जानकारी गराए पनि त्यही विषयमा विवाद गरी शाहका सेक्रेटरीले आफूलाई मुक्का प्रहार गरेको उजुरीपत्रमा उल्लेख गरेको छ ।